घुस लिएको आरोप लागेका सिडिओ रिजाल गृहमा तानिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अभियुक्त परिवार घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । रिजालले दुई फरक मुद्दाका तीन अभियुक्तसँग बुधबार एक लाख ११ हजार रुपैयाँ ‘घुस’ लिएका थिए । उनले एक लाख रूपैयाँ माग गरेर दश हजारको मात्रै रसिद दिएका थिए भने ३५ हजार मागेर १४ हजार रूपैंयाको मात्रै रसिद दिएका थिए ।

रिजालमाथि दोलखा मेलुङ गाँपलिकाका कुमार लाख मोक्तान, कालिञ्चोक गाउँपालिकाका उदिम तामाङ र इन्द्रबहादुर राइले १ लाख ११ हजार रुपैयाँ घुष दिएको आरोप लगाएका छन् ।

बिहिवार सिडओ रिजालले घुष लिए बताउदै पीडित परिवारले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए। सम्मेलनपछि रिजालले घुस लिएको घटना बाहिरिएको थियो।