टेबल टेनिसमा नेपाललाई एक रजत र ३ कास्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसमा नेपालले एक रजत र ३ कास्य पदक हाँसिल गरेको छ । पुरुषतर्फको सिंगल्समा नेपालले दुई कास्य जितेको हो ।

पुरुष सिंगल्समा स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक हात पारेका छन् । शुक्रबार बिहान भएको सेमिफाइनलमा स्यान्टु श्रेष्ठ भारतीय खेलाडी अमलराज एन्थोनिसँग ४–० को सेटमा पराजित भए । यस्तै,सेमिफाइनलमा भारतीय खेलाडी हर्मित देशाईसँग नेपाली खेलाडी पुरुषोत्तम बज्राचार्य ४–० को सेटमै पराजित भए ।

टेबलटेनिसमा चौथो पदक महिला टिम इभेन्ट्समा नेपालले कास्य जितेको थियो । नविता श्रेष्ठ, रविना महर्जन र सिक्का सुवाल टोलीमा रहेको टिमले कास्य जितेको थियो ।

महिलातर्फ सिंगल्समा भारतले स्वर्ण र रजत जितेको छ भने श्रीलंकाले दुई कास्य जितेको हो ।