न्युज अफ नेपाल, बुटवल ।
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सैनामैना नगरपालिका–१ पर्रोहा बस्ने केदारनाथ थारु रहेको प्रहरीले जनाएको छ । थारुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
रुपन्देही र कपिलवस्तुको सीमामा पर्ने फायरलाइनमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ६४५९ नम्बरको ट्रक र सोही दिसा भएर पूर्वतर्फ आउँदै गरेको लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बाटो छेउँमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किन आउँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया