माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा, शनिबार नेपाल र भारत भिड्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा सावित्रा भण्डारीको ह्याट्रिकसँगै माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामामा बिहिबार भएको खेलमा माल्दिभ्सलाई ३-० गोल अन्तरले पछाडि पार्दै नेपालले फाइनलमा अफ्नो स्थान बनाएको हो । फाइनल खेलमा नेपाल र भारत भिड्ने छन् । नेपालका लागि पूरा गरिन् ।

खेल सुरु भएको १६ औँ मिनेटमा साबित्राको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो । यस्तै खेलको २० औँ मिनेटमा र खेलको इन्जुरी समयमा दुई गोल गर्दै साबित्राले ह्याट्रिक पूरा गरेकी हुन् । साबित्राले नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले बनाएको ३५ गोलको कीर्तिमान तोडेकी छन् । नेपाल र भारत बिच हुने फाइनल गेम शनिबार २ बजे रहेको छ ।