उपत्यकासहित देशभर जाडो बढ्यो,काठमाडौंको तापक्रम ५.५ डिग्री

0
Shares

काठमाडौं ।

उपत्यकासहित देशभर चिसो बढिरहेको छ ।  काठमाडौं उपत्यकामा बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो । बुधबार भन्दा बिहीबार बिहान बढी चिसो महसुस भएको छ ।

सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको छ । चिसो बढ्ने क्रम जारी रहने मौसमविद गंगा नगरकोटीले बताइन् ।

तराई मधेशका जिल्लाहरुमा हुस्सु लागेकाले त्यहाँ पनि चिसो महसुस भएको छ । बिहानपख पूर्व, मध्य र पश्चिम तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ ।

हुस्सु र कुहिरोको कारण भिजिबिलिटी पनि कम भएको छ । यो हुस्सु र कुहिरो मध्याह्नपछि बिस्तारै हट्दै जाने मौसम विज्ञान विभागले जनाएको छ ।