खेलाडी तथा प्रशिक्षक असन्तुष्ट

0
Shares

विजय नेपाली, पोखरा।

पोखरामा अहिले १३औं दक्षिण एसियाली खेलकुद चलिरहेको छ। पोखराको पूर्वाधार मात्र होइन खेलाडीलाई आवश्यक सामानको समेत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउन सकेको छैन। नेपाली खेलाडीको पीडा त छँदै छ विदेशी खेलाडीलाई समेत निकै समस्या पर्ने गरेको छ। खेल सामग्री अभावमै पनि नेपालका लागि स्वर्ण दिलाएका खेलाडीहरुले व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन्।

पोखरामा भएका खेलमध्ये व्याडमिन्टन खेल पोखरामा भइरहेको छ तर व्याडमिन्टन कर्भड हलमा खेल भइराखेकै अवस्थामा बारम्बार आउने जाने गर्यो जसले गर्दा खेल निकैबेर रोकियो। विदेशी खेलाडी तथा अफिसियलहरुको एउटै शब्द निस्कन्छ व्यवस्थापन राम्रो भएन।

मंगलबार फुटबल मैदानमा दुई खेल सम्पन्न भए। खेलपछि प्रतिक्रिया दिने क्रममा नेपालसंग पराजित भएपछि श्रीलंकाली प्रशिक्षक डिफानी सफरसिन्हाले पनि मैदान एएफसीअनुसारको मैदान नभएको बताउनुभयो।

हामी आयांै तर मैदान सोचेजस्तो भएन, हाम्रो आग्रह के छ भने तडकभडक होइन मैदान राम्रो बनाउनुस् उहाँले प्रतिक्रिया दिनुभयो। पोखरा फुटबल मैदानको अवस्था खेल खेल्ने छैन तर पनि खेल भने खेलाइएको छ।

त्यस्तै भारतकी प्रशिक्षक मेमोल रक्कीले मैदानको अवस्था राम्रो नभएको बताउनुभयो।‘हाम्रो लक्ष्य स्वर्ण जित्ने हो तर मैदान योग्य छैन’ उहाँले भन्नुभयो। माल्दिभ्सका प्रशिक्षक मोहम्मद अतिफले पनि मैदान उपयुक्त नभएको बताउनुभयो। यो विदेशी अफिसियलले गरेको गुनासो हो।

खेलाडीको पनि उही समस्या रहेको छ भने नेपालका लागि स्वर्ण दिलाउने खेलाडी पनि सन्तुष्ट देखिँदैनन् आयोजक प्रति। नेपालका लागि पोखरामा भएको ट्रायथलनमा स्वर्ण जित्दै इतिहास रचेकी सोनी गुरुङले राज्यले उचित व्यवस्थापन गर्न नसकेको गुनासो गरिन त्यस्तै दुवाथलनमा स्वर्ण दिलाएका नेपालका हिमाल टमाटाले पनि आयोजकप्रति असन्तुष्टको प्रतिक्रिया दिनुभयो।

ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवालले महिला खेलाडीमा केही कमजोर देखिएको स्वीकार्नु हुन्छ। उहाँ भन्नुहन्छ– ‘हामीले चाहेको र मागेको सामान परिषद्बाट आएन। समयमा पाएको भए स्वर्ण थप्न सकिन्थ्यो ’। राखेपले खेलाडीभन्दा पनि आफ्नो पदाधिकारीलाई क्ुनै पनि सेवा सुविधाबाट वञ्चित नगरेको देखिन्छ।

पोखराका एक खेल पदाधिकारीले आयोजकलाई सबै सेवा सुविधा दिए पनि खेलाडीलाई भने सेवा सुविधा दिन आलटाल गरेको बताउनुभयो। त्यस्तै अर्का पदाधिकारीले भने संघको खातामा अझै पनि पुरा रकम नहालिदिएको तर पदाधिकारीलाई भने विभिन्न शीर्षकमा सेवा दिएको बताउनुभयो।

१३औं सागको ट्रायथलनमा नेपालले विगतको तुलनामा निकै राम्रो खेल देखाएको छ। १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल ६ पदकसहित पहिलो भएको हो भने। नेपालले २ स्वर्ण, ३ रजत र १ कास्यसहित शीर्षस्थान ओगटेको हो। खेल सामाग्रीको अभावमा पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन देखाएका छन्। यस अघिको १२ औं सागको ट्रायथलनमा १ रजत र १ कास्य मात्र हात पारेको थियो।