४० हजार घूससहित पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतमलाई ४० हजार घूससहित बुधबार पक्राउ गरेको छ।

नायब सुब्बा मिश्रले सेवाग्राहीको मोही लगत कट्ठा गर्नका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाइकाजी गौतमलाई ४० हजार दिन निर्देशन दिएको भन्ने सूचनाको आधारमा आयोगको टोलीले पक्राउ गरेको हो।