घुस लिएको फोटो खिच्दा नेपाल समाचारपत्रकर्मी माथी दुरब्यवहार


न्युज अफ नेपाल, जनकपुरधाम ।

नेपाल भारत सीमामा पर्ने जनकपुरधामस्थित जटही छोटी भन्सारका कर्मचारीले नेपाल समाचारपत्रकर्मीलाई कार्यालयमा थुनेर दुरब्यवहार गरेका छन् ।

जटही भन्सारका कार्यालय सहयोगी राम बहादुर कापरले सेवाग्राहीसगँ घुस लिदै गरेको फोटो खिच्दा नेपाल समाचारपत्रका सिरहा संवाददाता तथा प्रेस संगठन नेपालका संवाददाता शुभेन्दर दासलाई त्यहाँ कार्यारत कर्मचारीहरुले दुरब्यवहार गरेका हुन् ।

कार्यालय सहयोगीहरुले जटही छोटि भन्सारमा खुल्लामखुल्ला घुस लिने गरेको जनगुनासो बढेपछि पत्रकार बराइली र दास स्थलगत रिपोर्टिगंका लागि भन्सार कार्यालय पुगेका थिए ।

उक्त भन्सार कार्यालयमा कार्यारत सहयोगीहरु कापर, वैजनाथ लाल कर्ण, निर बहादुर कटुवाल र विजय मण्डलले सेवाग्राहीसगँ अनाधिकृत रुपमा उठाएको पैसा प्रत्येक दिन बेलुकी सबै कर्मचारीलाई दामासाही रुपमा बाँड्ने गरेको बताएका छन् ।

कार्यालय सहयोगी हरुका अनुसार जटही छोटी भन्सारमा नायव सुब्बा श्याम मण्डल प्रमुख छन् । त्यस्तै नायव सुब्बा नविन कुमार पाण्डे उक्त छोटी भन्सारका ईञ्चार्जका रुपमा कार्यारत छन् ।

त्यस्तै अर्का नायव सुब्बा अहमद रजा अन्सारी पनि यहि छोटी भन्सारमा कार्यारत छन् भने राज किशोर साह कम्प्युटर अपरेटरका रुपम कार्यारत छन् ।

नेपाल पत्रकार माहासँघ काठमाण्डौ र सिरहा शाखाले एक विज्ञप्ति जारी गर्दै जटही छोटी भन्सारमा पत्रकार बराइली र दास माथी कर्मचारीले गरेको दुब्र्यवहारको भत्सर्ना गरेको छ ।

पत्रकार माहासघँ काठमाण्डौका अध्यक्ष शान्ताराम विडारी र सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारमाथी दुब्र्यवहार गर्ने जटही छोटि भन्सारका सबै कर्मचारीलाई तत्काल कार्वाही गर्न सरकार सगँ माग गरेको छ । दोषी कर्मचारीलाई तत्काल कार्वाही नगरे नेपाल पत्रकार माहासँघले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका कार्यालय प्रमुख नारायण सापकोटाले जटही छोटी भन्सारमा खुल्लाम खुल्ला सेवाग्राहीहरु सँग अनाधिकृत रकम असुल गर्ने गरेको दर्जन भन्दा बढि उजुरी परेको बताउँदै उक्त भन्सार कार्यालयमा अख्तियारले सुक्ष्म निगरानी बढाएको जानकारी दिए ।

यसैबिच धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँणेलले पत्रकार माथी दुब्र्यवहार गर्ने र घुस लिने कर्मचारीलाई तत्काल कार्वाहीको दायारमा ल्याउने प्रतिबद्ता जाहेर गरेका छन् । प्रजिअ कणेलले धनुष जिल्लाभर केन्द्र सरकार मातहातका सरकारी कार्यालयहरुमा भ्रष्टचार विरुद् शुन्य सहनसिलता अभियान समेत सुरु गरेका छन् ।