ग्रीनफिल्ड कलेजमा रक्तदान


न्युज अफ नेपाल, काठमाडौँ ।

ग्रीनफिल्ड नेशनल कलेजमा भएको रक्तदानमा ५२ जना सहभागी भएका छन् । कलेज परिसर बाफलमा बुधवार आयोजना गरिएको कार्यक्रममा ३३ पुरुषसहित १९ महिला सहभागी भएका थिए ।

शिक्षक-शिक्षिका, कर्मचारी र विद्यार्थीले रक्तदान गरे । रक्तदान स्नातक तहको मानविकी संकायका विद्यार्थीको अगुवाईमा भएको र दातालाई कलेजले प्रमाणपत्र प्रदान गरेको कलेजका कोर्डिनेटर श्यामकुमार साहले जानकारी दिनुभयो ।

विगतदेखी नै विद्यार्थीको अगुवाईमा रक्तदान लगायतका सामाजिक गतिविधी हुँदै आएको उहाँले बताउनुभयो ।