गाँजासहित दुई पक्राउ


अमृत अर्याल, स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गाँजा लिएर पोखरा जादै गरेका दुई युवालाई पक्राउ गरेको जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत फेदिखोलामा सवारी चेकजाच गर्ने क्रममा प्रहरी चौकी फेदिखोलाले पक्राउ गरेको जिप्रका स्याङ्जाले जनाएको हो ।

स्याङ्जाबाट पोखरा जाँदै गर्दा ग १६ प ५४१३ नम्वरको स्कुटीमा सवार दुई युवा गाँजा लिएर पोखरा जाने क्रममा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १० अमरसिंह चोक बस्ने बर्ष २० को विपिन गुरुङ् र वडा नम्वर १२ बस्ने बर्ष २१ का मिसन गुरुङ् रहेका छन् ।

उनीहरुको साथबाट २ सय ३० ग्राम सुकेको गाँजा फेला परेको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै युवालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रमुख लम्सालले बताउनुभयो ।

गतसाता दुई युवालाई लागुऔषध सहित स्याङ्जा सदरमुकामबाट पक्राउ गरिएको थियो ।

प्रहरीले लागुऔषध ओसारपसारमा सिद्धार्थ राजमार्ग ट्रान्जिट प्वाईन्ट भएको अनुमान लगाएपछि चेकजाँचमा कडाई गर्न थालेको छ ।