रसुवाको दश विद्यालय अझै पुनर्निमाणको पर्खाइमा


सरस्वती न्यौपाने, रसुवा ।

भुकम्प गएको ५ वर्ष बितिसक्दा पनि भत्किएका दश विद्यालयका भवन अझै पुनर्निमाण हुन सकेको छैन । जोखिम बस्तीम परेका कारण सात ओटा र अन्य कारणले तीन ओटा विद्यालय पुनर्निमाण हुन नसकेको हो ।

गोसाइकुण्ड गाउँपालिका २ टिमुरे मा रहेका नेपाल राष्ट्रिय आधारभुत विद्यालय को भवन निर्माण हुन सकेको छैन ।

यो विद्यालय को अवस्था दयनिय रहेको छ । विद्यालयको तीन कोठे पक्की भवन भएता पनि एउटामा कार्यालय र एउटा कोठा र बाकी कक्षा ठहरामा पढाउनु परेको प्रधानाध्यापक फुर्पु दोर्जे घलेले जानकारी दिनुभयो ।

तिन वर्ष अघि चीन सरकारले निर्माण गर्नका लागी जिम्मा लिएपछि कुनै प्रयास नभएको प्र.अ. घलेको गुनासो रहेको छ ।

जस्तापाता कति बेला हुरीले उडाउछ भन्ने त्रासमा पढाउनुपरेको छ । चीन सरकार ले निर्माण गर्ने भनेर ओगटेर राख्दा भवन निर्माण गर्न समस्या भइरहेको छ ।

विद्यालय भवन पुननिर्माण नहुँदा विद्यार्थीहरु लाई पठनपाठन मा समस्या परेको छ । भत्किएका विद्यालय पुनर्निमाण नहुदा अशुरक्षित जोखिम युक्त भवनमा पढाउनुपर्ने बाध्यता रहेको शिक्षकहरुले जानकारी दिनुभयो ।

उत्तरगया १ को तिरु आधारभुत कालिका आधारभुत वालोदय आधारभुत, करु र्मयाङ आधारभुत भुमेदेवी आधारभुत कालिका १ को अनन्त स्मृति आधारभुत विद्यालय र आमाछोदिङमो गाउँपालिका ५ स्थित पाजुङ आधारभुत विद्यालय भुकम्पका कारण नहुदा विद्यार्थि समस्या मा परेका छन् ।

“ठुलो हावाहुरी आयो भने भएको संरचना उडाएर लैजाने चिन्ता छ,“ कालिका गा.पा. ५ स्थित नीलकण्ठ नमुना उच्च मा.वि.का प्राचार्य नारायण देवकोटाले भने ।

विनाशकारी भुकम्पपछि जोखिमयुक्त बस्तीमा परेकाले यी स्थानहरु मा विद्यालय निर्माण हुन सकेको छैन कति बेला भवन भत्किन्छ भनेर त्रासमा अध्ययन गर्नु परेको तिरु प्रा.वि.का विद्यार्थी साजन तामाङ ले गुनासो व्यक्त गरे ।

धेरै सामाजिक संस्था र जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) मा धाएपनि रकम विनियोजन नगरेको पाजुङ आधारभुत विद्यालय का प्राधानाध्यापक केदार घिमिरेले बताए ।जग्गाको अभाव र जोखिममा परेका सातवटा र चीन सरकारले जिम्मा लिएका तीन ओटा विद्यालयको निर्माण सुरु नभएको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाले जनाएको छ।