चिकित्शा शिक्षाका विद्यार्थीले जलाए प्रवेश पत्र, परीक्षा बहिष्कार गर्ने घोषणा


न्युज अफ नेपाल, काठमाडौं ।

चिकित्शा शिक्षाका विद्यार्थीले बुधबार परीक्षाको प्रवेश पत्र जलाएका छन् ।

चिकित्शा शिक्षाका विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका उनीहरुले बुधबार परीक्षाको प्रवेश पत्र जलाएका हुन् ।

बिहीबारदेखि हुने परीक्षा बहिष्कार गर्ने घोषणा गर्दै नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले प्रवेश पत्र जलाएका हुन् ।

आफूहरुको मागलाई सरकारले बेवास्ता गरेकाले कडा आन्दोलनमा उत्रिनु परेको चिकित्सा विद्यार्थी संघर्ष समितिले जनाएको छ ।

परीक्षा बहिष्कार गरि बाध्य भएर आफूहरुले आन्दोलनामा जाने निर्णय गरेको संघर्ष समितिको भनाई छ ।