अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली आउने

0
Shares

काठमाडौं, (नेस)।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली चाँडै ल्याइने बताउनुभएको छ।

अपांगता भएका व्यक्तिलाई सेवासुविधाबाट वञ्चित हुन नदिन चाँडै नियमावली ल्याउने तयारी भइरहेको छ, त्यसका लागि सरोकारवाला सबै निकायको साथ र सहयोगको जरुरी छ, मन्त्री गुरुङले भन्नुभयो– ‘मन्त्रालयले पहिलोपटक राष्ट्रिय प्रतिवेदन निकाल्ने तयारी गरिरहेको छ, हालसम्म अपांगता भएका व्यक्तिको राष्ट्रियस्तरको छुट्टै प्रतिवेदन बन्न सकेको छैन।’

राष्ट्रिय अपांग महासंघ, नेपालले अपांगता भएका व्यक्तिको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले अपांगतासम्बन्धी नीति तथा कानुनलाई समावेशी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले अपांगता भएका व्यक्तिको उत्थानमा लागि पर्न सरोकारवाला सबै पक्षसँग आग्रह गर्नुभएको थियो।