पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण

0
Shares

काठमाडौं, (नेस)।

अमेरिकी राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय चपूर रौतहटमा तयार गरिएका अत्याधुनिक पोलिग्राफ परीक्षण कक्षहरू प्रहरी प्रधानकार्यालयमा आयोजित कार्यक्रमबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट कार्य एवं अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की र अमेरिकी राजदूतावासको तर्फबाट कार्यक्रम प्रबन्धक कार्ल ए रिसिमले हस्तान्तरणपत्रमा हस्ताक्षर गर्नुभयो।

नेपाल प्रहरीमा पोलीग्राफ प्रविधिको शुरुआतदेखि नै यसको विकासका लागि अमेरिकी राजदूतावासबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग प्राप्त हुँदै आएको छ।

हालसम्म अमेरिकी राजदूतावासले पोलिग्राफ उपकरणसहित नेपाल प्रहरीका ३९ जना प्रहरी अधिकृतलाई पोलिग्राफ परीक्षक आधारभूत तथा उन्नत तालिमको व्यवस्था, ११ स्थानमा सुविधा सम्पन्न पोलिग्राफ परीक्षण कक्ष तयार गर्नुका साथै पोलिग्राफ परीक्षकलाई आवश्यक पर्ने अन्तर्राष्ट्रिय स्तरको सदस्यता प्रदान तथा नवीकरणको व्यवस्थासमेत गर्दै आएको उक्त विभागले जनाएको छ।