सामाजिक सञ्जालको प्रयोग गरी ठगी

0
Shares

काठमाडौं, (नेस)।

विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी भारतीय मोबाइल नम्बरबाट अमेरिकालगायत विभिन्न मुलुकबाट सामान आएको बहानामा ठगी गर्दै आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी अमेरिकाबाट आईफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी श्रृंगारका लगायत सामान सस्तो मूल्यमा पठाइदिने विज्ञापन गरी ठगी गरिरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा २ जना ठग पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

महाशाखाले अमिर थापा र अमन अवाललाई पक्राउ गरेको जानकारी दिएको छ। उनीहरूले एक महिनाको अवधीमा ८ लाख रुपियाँभन्दा बढी ठगी गरेको महाशाखाले जानकारी दिएको छ। अनलाइनबाट सामान मगाई थापा र अवालको खातामा रकम जम्मा गरी थुप्रै नेपाली ठगिएका छन्।