सिङसहित पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कालो रंगको वन्यजन्तुको सि· १ थानसहित हुम्ला ताँजाकोट गाउँपालिका ५ की सम्झना बुढालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सिम्रिक एयरको हेलिकप्टरद्वारा गोरखाको धापाबाट काठमाडौं आएकी उनलाई विमानस्थलको फलामे गेट एरियामा एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको बोरामा उक्त वस्तु फेला पारी प्रहरीले पक्राउ गरेको हो।

बुढालाई उक्त वस्तुसहित आवश्यक अनुसन्धान एंव कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनले जनाएको छ।