बुद्ध नेपाली, सिन्धुली ।
सिन्धुलीको सुनकोशी नदी किनारमा एक वेवारिसे शव फेला परेको छ ।
गोलन्जोर गाउँपालिका–३ मुर्गिवेशी स्थित सुनकोशी नदीको किनारमा एक जना पुरुषको वेवारिसे शव फेला परेको हो ।
अन्दाजी २५/२६ बर्षको पुरुषको नाम,वतन खुल्न नसकेको सिन्धुली प्रहरीले जनाएको छ ।
वेवारिसे पुरुषको शव सुनकोशी नदीको किनारमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिनुभयो ।
नदीको किनारमा शव फेला परेको स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
घटनाको खवर पाउन साथ प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरिक्षकको कमाण्डमा ३ जना र ईलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षकको कमाण्डमा ५ जना गरि ८ जनाकोे टोली घटना स्थल तर्फ गएको प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।
प्रतिक्रिया