न्युज अफ नेपाल, काठमाडौँ ।
पहिलो, चौथो र पाँचौं सेट पराजित भएसँगै नेपालले महिला भलिबल खेलमा रजतमा चित्त बुझाएको छ ।
चौथो सेटमा निकै प्रतिस्पर्धा चलेपनि दुवै टोलीबीच निकै कम अन्तरको फरक रहेको थियो ।
चौथो सेटमा निकै प्रतिस्पर्धा चलेपनि दुवै टोलीबीच निकै कम अन्तरको फरक रहेको थियो ।
अधिकांश समय बराबरीमा चलेको खेलमा भारत १८–१६ ले अगाडी समेत रहेको थियो ।
नेपालले पुनरागमन गर्ने प्रयास गरेपनि भारतले लगातार अंक जोड्दै चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो ।
पाँचौ सेटमा भारतले सुरुवातमा नै ३–० को अग्रता लिँदै नेपाललाई दवावमा राखेको थियो ।
नेपालले पुनरागमन प्रयास गर्दै ५–१ को अवस्थामा टाइम आउट लिएको थियो । पाँचौ सेटको मध्यान्तरमा नेपाल ८–२ ले पछाडी रहेको थियो । नेपालले पुनरागमन प्रयास गरेपनि सर्भीस बिग्रंद स्कोर १०–५ हुन पुग्यो ।
त्यसपछि भारतले लगातार अंक जित्दै पाँचौ सेटमा १५–६ को जित दर्ता गर्यो ।
तेस्रो सेट नेपालले २५–२१ ले जितेपछि उपाधि नजिक पुगेको नेपालले निकै प्रतिस्पर्धात्मक चौथो सेट २५–२० ले गुमायो ।
पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्यो । यद्यपि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो ।
खेलको पहिलो सेटमा भारत २५–१७ ले विजयी भएको थियो ।
भारतले सुरुवाती समय १३–८ को अग्रता लिएको थियो । निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको थियो ।
दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ । महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई कुनैपनि सेटमा हराएको हो ।
प्र
प्रतिक्रिया