न्युज अफ नेपाल, काठमाडौँ ।
पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५–२३ ले र तेस्रो सेट २५–२१ ले जितेको छ । यो जितेपछि नेपाल उपाधि नजिक पुगेको छ ।
पहिलो सेटमा भारत २५–१७ ले विजयी भएको थियो । भारतले सुरुवाती समय १३–८ को अग्रता लिएको थियो ।
निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको थियो ।
दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ । महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई कुनैपनि सेटमा हराएको हो ।
प्रतिक्रिया