न्युज अफ नेपाल, काठमाडौं ।
१३ औं साग महिला भलिबलको पहिलो सेटमा नेपाल भारतसँग पराजित भएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा जारी खेलमा पहिलो सेटमा नेपाल भारतसँग २५–१७ ले पराजित भएको हो ।
नेपालले सुरुवाती खेलमा प्रतिस्पर्धा गरेपनि भारतले दवाव कायम गर्दै १३–८ को अग्रता लिएको थियो ।
निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेट जितेको हो ।
नेपाली महिला भलिबल टोली सागमा पहिलो पटक फाइनलमा पुगेको हो ।
यस अघि नेपाली महिला भलिबल टोलीले तीन पटक कास्यँ जितेको थियो ।
दाेस्राे सेटकाे खेल भइरहेकाे छ ।
प्रतिक्रिया