महिला भलिवलमा नेपाल भारतविरुद्ध खेल्दै


न्युज अफ नेपाल, काठमाडौँ ।

१३औं साग महिला भलिवलमा नेपाल र भारतबीच खेल्दैछ ।

नेपाल यसै खेलबाट स्वर्ण जित्ने दाउमा छ । नेपालले विभिन्न २१ स्वर्ण जितिसकेको छ । नेपालको यो फाइनल खेल हो ।

नेपालले समूह चरणमा बांग्लादेश र सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो ।