न्युज अफ नेपाल, काठमाडौँ ।
हेलिकोप्टरमार्फत वन्तजन्तुको अंग तस्करी गर्ने एक जना पक्राउ परेका छन् ।
प्रतिबन्धित वन्तजन्तुको अंग तस्करी गरेको आरोपमा पक्राउ पर्नेमा हुम्लाको ताँजाकोट गाउँपालिका–५ की २९ वर्षीया सम्झना बुढा छन् ।
मंग्लबार बिहान करिब ९ बजे सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोरखाबाट काठमाडौं आएकी उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
विमानस्थल प्रहरीले बताएअनुसार बुढाले सेतो रंगको बोरामा कालो रंगको वन्यजन्तुको सिंग जस्तो देखिने वस्तु बोकेकी थिइन् ।
विमानस्थलको फलामे गेट प्रहरी चेकिङ्ग एरियामा एक्सरे मेसिनमा स्क्रीनिङ गर्ने क्रममा वन्यजन्तुको सिंग फेला परेको हो ।
यसबारे थप अनुसन्धानका लागि प्रहरीले उनलाई जिल्ला वन कार्यालय, हात्तीसार पठाएको छ ।
प्रतिक्रिया