न्युज अफ नेपाल, काठमाडौँ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले शानदार जित हासिल गरेको छ । नेपालले भुटानलाई ४-० को नतिजामा पराजित गरेको छ ।
भुटानविरूद्ध कप्तान सुजलले खेल सुरु भएको पाँचौ मिनेटमा र ५१औँ मिनेटमा दुई गोल गरेका हुन् । यस्तै खेलको ६६ औँ मिनेटमा अभिषेक रिजालले भुटानविरुद्ध तेस्रो गोल गरेका हुन् ।
खेलको ७८ औं मिनेटमा मिक्छेन तामाङले फ्रि-किकमार्फत गरेको प्रहार सोझै गोलमा परिणत हुँदा नेपालले सहज जित हासिल गर्यो ।
तस्वीरः उजोल डंगोल












प्रतिक्रिया