न्युज अफ नेपाल, काठमाडौँ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार भएको क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो । दीपेन्द्रसिंह ऐरीएले दिएको एक सय ७३ रनको लक्ष्य श्रीलंकाले १९.१ ओभरमा चार विकेट गुमाउदै पूरा गरेको छ ।
नेपालको इनिङमा पारस खड्का एक रनमै र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा बाहिरिएपछि ब्याटिङको जिम्मा ऐरीले लिएका थिए। ऐरीले ४४ बलमा ४ चौका र ६ छक्का हाने। नेपालका लागि पवन सराफले २२, विनोद भण्डारीले २१ र आरिफ सेफले १९ रन बनाएका थिए।
यस्तै, श्रीलंकाका लागि शम्भु आसानले ७२ रनको योगदान दिए भने केएमपी फर्नान्डोले ४६, पी निसान्काले ३० रन हाने। नेपालका लागि सोमपाल कामीले १ पवन सराफले २ र सुशन भारीले १ विकेट लिए।











प्रतिक्रिया