टिलापिया माछाको अनुसन्धान


नेपाल समाचारपत्र, बैतडी

बैतडीमा पहिलो पटक माछा उत्पादनमा अनुसन्धान गरिएको छ। गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा अध्ययनरत विद्यार्थीको टोलीले एकलि·ीय टिलापिया माछा उत्पादनमा अनुसन्धान गरेको हो।

कृषि कलेजमा आठौं सेमेष्टरमा अध्ययनरत ५ जना विद्यार्थीको समूहले उक्त अनुसन्धान गरेको हो। स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धान अन्तर्गत महेश बुढामगर, शुसान्त चौधरी, बीरेन्द्र चौधरी, करुणा सापकोटा र लक्ष्मी भण्डारीको टोलीले एकलि·ीय टिलापिया माछामा अनुसन्धान गरेका हुन्।

एक सय दिन लगाएर गरिएको अनुसन्धानले बैतडी जिल्लामा टिलापिया प्रजातीको माछाका लागि उपयुुक्त रहेको कुरा पुष्टि भएको अनुसन्धानमा सहभागी महेश बुढामगरले बताउनुभयो। ‘एक वर्गमिटरको एउटै क्षेत्रफलमा ५, १०, १५, २० गरी फरक फरक अनुपातमा फरक प्लटमा टिलापिया माछा राख्दा कुन प्लटमा राम्रो बृद्धिदर पाइन्छ भनेर अनुसन्धान गरेका थियौं, उहाँले भन्नुभयो – ‘जसअनुसार शून्य दशमलम ५ ग्रामबाट शुरु गरिएका माछा अनुसन्धानको अन्त्यसम्म अधिकतम एक सय ६० ग्राम र न्युनतम करिब ८० ग्रामसम्म भएको थियो।’

विशेष गरी यसको लागि पानीको उपयुक्त तापक्रम करिब २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम हुने भएको हुँदा मंसिर पछि बैतडी गोकुलेश्वेरको तापक्रम करिब १५ डिग्री सेल्सियस भन्दा कम हुँदै जाने भएको हुँदा अनुसन्धानलाई उपयुक्त उद्देश्यमा पुर्याइ ती माछाहरूलाई बजारीकरण गरेको जनाईएको छ। अहिले माछाको माग उच्च भएको र टिलापिया माछामा विशेष गरी काँडा नहुने हँुदा बृद्ध, बच्चाले पनि सजिलै खान सक्ने हुँदा यसको महत्व बढेको छ । यी माछा पाँच सय रुपियाँ प्रतिकिलोका दरले बेचेको स्थानीय व्यापारीले बताएका छन् ।

नदी, खोला–नालाका माछा मारेर खाने गरेका स्थानीयले हाम्रो यो सानो प्रयासले गर्दा माछापालनप्रति स्थानीयहरू आकर्षित भएका छन् र माछापालनबाट पनि जीवनोस्तर उकास्न सकिन्छ भन्ने कुरा सिकेको सुशान्त चौधरीले बताउनुभयो।

एकलि·य टिलपिया माछाको बृद्धिदर अरु भन्दा चाँडो हुने संकेत अनुसन्धानकर्ताले बताएका छन्। द्विलि·ीय हुँदा पोखरीमै प्रजनन गर्ने गर्दछन् जसले गर्दा उनिहरूको सामर्थ प्रजनन हुँदा अधिकतममात्रामा प्रयोग हुने गर्दछ त्यसकारण एकलि·ीय हुँदा कुनै सामर्थ अनावश्यक खेर नजाने र शरिर वृद्धिमै प्रयोग हुने गरेको अनुसन्धानले देखाएको छ।