इन्धनको भाउ दुई रुपैयाँले बढ्यो


न्युज अफ नेपाल, काठमाडौं ।

आज रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले इन्धनको बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

अब उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर एक सय नौ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।