‘नेपालमा वाल अधिकारको अवस्था’बारे प्रतिवेदन सार्वजनिक


न्युज अफ नेपाल, काठमाडौं ।

‘नेपालमा वाल अधिकारको अवस्था’बारे प्रतिवेदन सार्वजनिक भएको छ ।

वालवालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्थाको संयुक्त सहकार्यमा तयार गरिएको ‘नेपालमा वाल अधिकारको अवस्था’ प्रतिवेदन राजधानीमा सार्वजनिक गरिएको हो ।

चाइल्ड फण्ड जापान, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन, एसओएस वालग्राम नेपाल, टेरे देश होम्स र वल्र्ड भिजन इन्टरनेशनलको संयुक्त सहकार्यमा तीनवर्ष लगाएर सो प्रतिवेदन तयार गरिएको हो ।

नेपालले संयुक्त राष्ट्रसंघको वालअधिकार महासन्धिमा हस्ताक्षर गरेको ३० वर्षको वार्षिकोत्सवको अवसर (१९९०—२०१९) पारेर सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा, राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, वालअधिकारकर्मी चेतना केसी र आरजु विक, प्रहरी प्रधान कार्यालयको महिला तथा वालवालिका निर्देशनालयकी प्रहरी नायव उपरिक्षक छिरिङ्गकृपा लामा लगायतले सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

वालअधिकार महासन्धिमा नेपालले अनुमोदन गरेयताका ३० वर्षको अवधिमा नेपाल सरकारले वालअधिकारको क्षेत्रमा प्राप्त गरेको सफलता उपलव्धि, यसका चुनौति लगायतका विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।