२५ किलो चरेशसहित दुई भारतीय पक्राउ


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित भैंसेबाट प्रहरीले लागुऔषध चरेशसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी सिसुवाग्राम वडा–२ बस्ने २५ वर्षीय राजेश यादब र मोग्लेसपुर बस्ने १८ वर्षीय ऋषिकुमार यादब छन् ।

उनीहरुलाई लागुऔषध चरेश २५ किलोसहित प्रहरी चौकी भैंसेबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको कमाण्डमा खटिएको चेकिङ टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा. २५ प ८७८३ नम्बर मोटरसाइकल चेक गर्ने क्रममा मोटरसाइकलको सिट र ट्यांकीमुनि फल्स बटम बनाएर लुकाइराखेको उक्त परिणामको लागुऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुले प्रयोग गरेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।