घुससहित ट्राफिक प्रहरी सहायक निरीक्षक पक्राउ


सञ्जय कार्की, धनुषा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले घुस रकम सहित ट्राफिक प्रहरी सहायक निरीक्षक लाई पक्राउ गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा अन्तर्गत महेन्द्रनगर पोष्टका ईन्चार्ज नबिन कुमार झालाई एक हजार रुपैया घुस सहित पक्राउ गरेको हो ।

सो क्षेत्रमा चल्ने ट्रिपरका मालिक संग मासिक २ हजार अनधिकृत लाभ लिदै आएकाले ट्राफिक प्रहरी सहायक निरीक्षक झालाई आयोग टोलीले पक्राउ गरेको बताएको छ।