नेकपाप्रती जनता असन्तुष्ट छनः कांग्रेस सहमहामन्त्री महत


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीसँग जनता असन्तुष्ट बनेको जिकिर गरेका छन।

आज भिम बहादुर तामाङ स्मृति प्रतिष्ठान नेपालले कांग्रेस मुख्यालय सानेपामा आयोजित स्वर्गीय नेता तामाङको ७ औं स्मृति सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री महतले त्यो असन्तुष्टिलाई परिवर्तनमा रुपान्तरण गर्नलाई कांग्रेसले जनसम्पर्क बढाउनुपर्ने बताए।

सहमहामन्त्री महतले जनसम्पर्क बढाउनलाई स्वर्गीय नेता भिम बहादुर तामाङको सरलता र सकृयताको कांग्रेसले अनुसरण गर्नुपर्नेमा जोड दिए।