बुढीगण्डकी जलविद्यु आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारण 


सीताराम अधिकारी, धादिङ ।

बुढीगण्डकी लवविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारण गरिएको छ ।

राष्ट्रिय गौरबको योजनाको रुपमा रहेको बुढीगण्डकी लवविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको आज (सोमबार) धादिङतर्फको आरुघाटबजार र खहरेबजार क्षेत्रको मुआब्जा निर्धारण गरिएको हो ।

१ हजार २ सय मेगावाट क्षमतमा निर्माण गर्ने योजनाका साथ थालिएको योजनाको डुबान क्षेत्रमा पर्ने बजार क्षेत्रको मुआब्जा विवादका कारण यस अघि निर्धारण हुन सकेको थिएन ।

मध्यपहाडी लोकमार्गमा पर्ने आरुघाटबजारको जग्गाको प्रति रोपनी १ करोड १२ लाख निर्धारण गरिएको छ । यो आरुघाट बजारको मूख्य बजारमा पर्ने जग्गाको रकम हो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने जग्गा प्राप्ति ऐन २०३४ दफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले स्थलगत निरिक्षण, स्थानीयबासी संगको छलफल, र यसअघि गठित उपसमितिले दिएको प्रतिवेदनको आधारमा बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरिएको हो ।

आरुघाटबजार र खहरेबजारलाई छुट्टा छुट्टै वर्गिकरण गरि यस भित्रपनि मूख्य बजार, सहायक सडक गोरेटोबाटो र अन्य जग्गाको मुआब्जा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले राससलाई बताउनुभयो ।

यसैगरि मदनराज थापा टोलदेखि पानीजाँच्ने घरसम्मको डक र बिशालनगरचोकदेखि रामबहादुर ढकालको घरसम्मको सडकको जग्गालाई प्रतिरोपनी ९६ लाख रुपैयाँ रिङनेचौतारादेखि स्वामीचौतरा जानेबाटो पक्कीपुलसम्मको बाटोको ८० लाख रुपैयाँ प्रतिरोपनी जग्गाको मुआब्जा निर्धारण गरिको छ ।

मूख्यसडकको स्वामीचौताराको अन्तिमघरसम्मको घडेरी, शाखा सडकका घडेरी प्रतिरोपनी ४० लाख, नक्सामा गोरेटोबाटो भएको घडेरीजग्गाको प्रतरोपनी २४ लाख रुपैयाँ घडेरीबाट बाहिर भएका वा ६० फिट बाहिर भएका जग्गाको ८ लाख रुपैयाँ प्रतिरोपनी मुआब्जा दिनेगरि आरुघाट बजारको मुआब्जा टुङ्ग्याइएको छ ।

यता खहरेबजारको मध्यपहाडी लोकमार्गमा पर्ने मूख्यसडकबाट ६० फिटसम्मको जग्गालाई प्रतिरोपनी १७ लाख ६० हजार देखि १९लाख २० हजारसम्मका र सडकबाट ६० फिट पछाडीको ४० फिटसम्मको जग्गालाई १४ लाख ४०हजारदेखि १७ लाख ६० हजारसम्म मुआब्जा निर्धारण गरिएको छ ।

दुई दशमलब ५ आनासम्म जग्गा रहेको र सम्पूर्ण जग्गा डुबानमा पर्ने भएमा निर्धारित मूल्यको १५ प्रतिशत र २ दशमलब ५ आनादेखि ५ आनासम्म जग्गा भइ सबे जग्गा डुबानमा परेका जग्गा धनीलाई निर्धारित मूल्यको १० प्रतिशत थप रकम समेत हुनेगरि मुआब्जा विरण गर्ने गरि मुआब्जा निर्धारण समितिले मुआब्जा टुंग्याएको छ ।

बनेका संरचनाहरु र घरहरुको मूल्यांकन गर्ने, ह«ास कट्टी नगरि क्षतिपूर्ति दिनका लागि मन्त्रिपरिषदमा पठाइएको छ ।

उर्जा मन्त्रालयले मुआब्जा छिटो निर्धारण गर्न पत्रलेखेको र बुढीगण्डकी जलविद्यु परियोजनाले पत्रलेखि मुआब्जा निर्धारण समितिलाई आग्रह गरेलगत्तै मुआब्जा टुंग्याइएको थियो ।

अब मुआब्जा निर्धारण गर्न आरुघाटबजारमा ९ सय १६ रोपनी र खहरेबजारमा २ सय ४५ रोपनी जग्गा गरि १ हजार १ सय ६१ रोपनी जग्गाको मुआब्जा एक वर्षदेखि निर्धारण हुन सकेको थिएन । अहिले यो जग्गाको मुआब्जा निर्धारण गरेपछि करिब मुआब्जामा ४ अरब खर्च हुने अनुमान गरिएको छ ।