कुसुम खड्काद्वारा नेपाललाई ११औं स्वर्ण


न्युज अफ नेपल, काठमाडौँ ।

कुसुम खड्काले साग अन्तर्गत करातेको महिला ४५ केजीभन्दा मुनी तौल समूहमा जित हात पारेकी छिन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको महिला ४५ केजीभन्दा मुनी तौल समूहमा खड्काले बंगलादेशकी मौनजेरा बोर्नलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।

यो जितसँगै नेपालले ११ औँ स्वर्ण हात पारेको छ ।