काभ्रे सेवा समाज युएईको अध्यक्षमा पुन: दिल लामा

0
Shares

भूपराज बस्याल, काठमाडौं । 

शुक्रबार युएईको बर दुबईमा सम्पन्न काभ्रे जिल्ला बसिहरुको समाज काभ्रे सेवा समाज युएईको अध्यक्षमा दिल लामा पुन चयन हुनुभएको छ ।

बर दुबईस्थित क्लब एभरेस्टमा आयोजित चौथो अधिवेशनले लामा लाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेहो भने अधिवेशनले २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसमा समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्द पन्त, प्रथम उपाध्यक्षमा योगेश लामा र उपाध्यक्षमा नवीन दोङ चयन हुनुभएको छ । त्यसैगरी महासचिवमा जनक सापकोटा, सचिवमा ग्याम्सो लामा सहसचिवमा ओम तामाङ, कोषाध्यक्षमा रविन्द्रबहादुर तामाङ सहकोषाध्यक्षमा माइला लामा चयन हुनुभएको छ ।

समाजको प्रवक्तामा सुनिल लामा, महिला विभाग प्रमुखमा सवित्री पन्त, प्रशासन प्रमुखमा राजकुमार सापकोटा, सामाजिक विकास प्रमुखमा प्रदीप सापकोटा, अन्तर्रा्ष्ट्रिय विभाग प्रमुखमा अशोक बानियाँ, साँस्कृतिक विभाग प्रमुखमा प्रवेग दोङ, खेलकुद विभाग प्रमुखमा निरन्जन बस्नेत चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा रविन श्रेष्ठ, आकाश लामा, मोक्तान चन्द्रबहादुर तामाङ, योञ्जन जानुका पन्त, रजनी तामाङ, रामबहादुर राउत शैलेश तामाङ, केसरी तामाङ, बमजन सदस्यमा चयन हुनुभएको छ ।