सरकारी कर्मचारीलाई भारतमा सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापबारे तालिम

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल सरकारका २१ अधिकारीहरुको तेस्रो समूहले आज सोमबारबाट भारतको फरिदाबादमा सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण बारे प्रशिक्षण सुरु गरेका छन् ।

नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुको लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको भारतीय राजदुतावासले जनाएको छ । नेपाल स्थित भारतिय राजदुतावासका प्रेस हेर्ने फष्ट सेक्रेटरी अभिषेक दुवेले जानकारी दिए अनुसार भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथ ाआर्थिक सहयोगको कार्यक्रम अन्तर्गत रहेको छ ।

यस प्रशिक्षणले सहभागि नेपाल सरकारका अधिकारीहरुलाई सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामनागर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ । यस अघि नेपाली अधिकारीहरुका दुई ब्याचले भारतमा प्रशिक्षण लिइसकेका छन् ।