तेक्वान्दोतर्फ नेपाललाई तेस्रो स्वर्ण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोतर्फ नेपालले तेस्रो स्वर्ण हात पारेको छ । पुम्सेको २४-२९ वर्ष विधामा पार्वती गुरुङले ८.२५० अंक ल्याएर नेपाललाई स्वर्ण पदक दिलाएकी छन् ।

श्रीलंकाली खेलाडी रत्पातिपुरालाई पछाडि पार्दै गुरुङले जित हात पारिन् । रत्पातिपुराले ८.१४० अंक ल्याएर दोस्रो स्थान हात पारेकि छन् ।

यस्तै भारतकी हर्षा सिंहाले ८.०३० अंक ल्याउदै तेस्रो स्थानमा चित्त बुझाएकी छन् ।

तेक्वान्दोको पुम्सेबाट नेपालले तेस्रो स्वर्ण जितेको हो।