सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको आदेश

0
Shares

न्युज अफ नेपनल, बिराटनगर ।

बलात्कारको अभियोगमा पक्राउ परेका सिद्धबाबाका नामले परिचित कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

सोमबार बिहानै पक्राउ परेका उनलाई जिल्ला अदालत, सुनसरीले अनुसन्धानका लागि म्याद थप गरेको हो । विराट नर्सिङ होममा उपचार गराइरहेका गिरीलाई अदालतको आदेशपछि थप उपचारका लागि पुन: नर्सिङ होमतर्फ लगिएको छ ।

महिला अनुयायीले गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो