इमान्दार प्रयत्न भए सिमा विवाद सदाको लागि अन्त्य हुन्छ : महतो

94
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले छिमेकी मुलुक भारत र चीन संगको सिमा विवाद सदाको लागी अन्त्य गर्न परिपक्व कुटनीतिक पहल आवश्यक भएको औल्याएको छ ।

सिमा विवाद बारे सिमाविद्हरु संग पटक पटक छलफल गरिरहेको संघले जिम्मेवार निकाय र सरोकारवालाहरुले इमान्दार प्रयत्न गरे छिमेकीमुलुक संग बल्झदै गएको सिमा विवादको समाधानको बाटो पहिल्याउने सकिने पनि जनाएको छ ।

भारतिय दुतावाससंग नजिक रहेर कार्य गर्दै आएको स्वतन्त्र युवा प्रजातान्त्रिक संघका अध्यक्ष अरविन्द महतोले भारतको भन्दा चीन संग सिमा विवाद बढी भएको बताउनु भएको छ । राजनीतिज्ञहरुको दोहोरो चरित्रको कारण नेपाल–भारत वीचको सम्बन्ध विग्रिएको कुरा बढी आउने गरेको औल्याउदै उहाले चीन संग भएको सिमाविवादको बारेमा पनि छलफल गर्नुपर्ने बताउनु भएको छ ।

‘संसारमा सबै राष्ट्रको छिमेकी संग सिमाना विवाद हुन्छ, यस्तो विवादलाई त्यहाको समाज, सरकार , वुद्धिजिवी सबै पक्षले इमान्दारी पुर्वक अघि बढे समस्या रहदैन’ अध्यक्ष महतो भन्नुहुन्छ– सिमा विवाद समाधानको लागि हामिहरुले इमान्दार प्रयत्न गरिरहेका छौं । साच्चै हेर्ने हो भने नेपालको भारत भन्दा बढी चीन संग सिमा विवाद बढी होला । तर चीन संगको सिमावीवाद बारे त्यति चर्चा नहुने भारत संगको मात्र बढी चर्चा हुने भएकोले हाम्रा राजनितिज्ञहरुमा इमान्दारीताको कमि भएको महशुस भएको उहाको भनाई थियो ।

छिमेकी मुलुकसंगको सिमा विवाद बारे आफ्नौ संस्थाले विषेषज्ञहरुलाई सामेल गरेर अध्ययन गरिरहेको र छिट्टै प्रतिवेदन सार्वजनीक गर्ने भन्दै अध्यक्ष महतो भन्नुहुन्छ–राजनीतिज्ञहरु र समाजमा स्थापित वुद्धिजिविहरुले भारत संगको सिमाना विवादलाई ठुलो ईस्यु बनाइदिएका हुन ।