तेक्वान्दोमा श्रेष्ठले दिलाए स्वर्ण पदक

0
Shares

न्युज अफ नेपाल, काठमाण्डौँ ।

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत २३ देखि २९ वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेक्वान्दोतर्फ नेपालका कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।

कमलले ८.२७० अकं ल्याउँदै भारतका प्रतिस्पर्धी राहुल जैनलाई पराजीत गरेका हुन् । जैनले ८.२०० अंक ल्याएका थिए ।

यस्तै १७ देखि वर्ष उमेर समूहमा कृष्ण बहादुर तामाङले रजत पदक हात पारेका छन् । तामाङले ८.२५० अकं जोड्न सफल भए ।