माल्दिभ्सविरुद्ध नेपालको शानदार जित

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । अन्जली चन्द एक्लैको ६ विकट बलिङसँगै नेपालले जित हात पारेको हो ।

पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन जोडेको थियो । नेपालका लागि काजल श्रेष्ठले ५ बलमा ३ चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।