महिला ट्रायथलनमा नेपाललाई स्वर्ण

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार पोखरामा भएको महिला ट्रायथलनमा नेपालले स्वर्ण पदक जितेको छ ।

नेपालकी सोनिका गुरुङले स्वर्ण पदक हत पारेकी हुन् । यस्तै श्रीलंकाकी खेलाडीले रजत पदक जितेकी छन् ।

यस्तै सोमबार विहान भएको पुरुषतर्फको ट्रायथलनमा भारतका एम।एन सिनिमलले स्वर्ण पदक जितेका छन् । रजत पदक पनि भारतकै विश्वजीत सकिमले जिते। नेपालका नितेश मानन्धरले काश्य पदकमा हात पारे।