धरान–७ मा नेकपाका जीवन सुवेदी एक मतले विजयी, कांग्रेसद्वारा पुनः मतगणनाको माग


न्युज अफ नेपाल, धरान ।

धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदीले १ मतले विजयी भएका छन्् ।

धरान उपहानगरपालिको मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको भनेर बिजय जुलुस पनि हुँदै थियो ।

तर एकाएक वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका सुवेदीले एक मतले जितेको आधिकारिक घोषणापछि अबिर माला लगाएर विजयोत्सवमा रहेका कांग्रेसका सुवर्ण पालिखेले माला फुकाल्नुपर्‍यो ।

विजय उत्सव मनाइसकेपछि उनी एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि उनले अबिर पुछेर माला फुकाले । यसअघि बदर भनिएको मत पुनः जाँच गर्दा सदर भएपछि नेकपाका जीवन सुवेदी ६२२ मतले बिजयी भएका हुन । पालिखेको ६२१ मत आएको छ ।

कांग्रेसले परिणाम अस्वीकार गर्दै पुनः मतगणनाको माग गरेको छ ।