सागमा नेपाललाई पहिलो स्वर्ण


न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालका कराँतेका मण्डयकाजी श्रेष्ठले एकल कातामा स्वर्ण जितेका छन् । यो नेपालका लागि पहिलो स्वर्ण हो ।

यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् ।

योसँगै नेपालले एक स्वर्ण र १ रजत बनाएको छ ।