प्रेमसागर कर्माचार्यद्वारा १ सय ६०औँ पटक रक्तदान


न्युज अफ नेपाल, लमजुङ्ग ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ६०औँ पटक रक्तदान गर्नुभएको छ ।

स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आज लमजुङ्ग जिल्ला सामुदायिक अस्पताल बेसिशहर लमजुङ्गमा नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ्ग जिल्ला शाखाको बिशेष आयोजनामा आयोजित रक्तदान कार्यक्रममा १ सय ६०औँ पटक रक्तदान गर्नुभएको हो ।

सो कार्यक्रममा अस्पतालका मेसु डा. दया पन्त, खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष कृष्ण प्रधान, लमजुङ्ग जिल्ला सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठ, मर्स्याङ्गदी बहुमुखी क्याम्पसका प्राध्यापक जनक बस्नेत डा. सबिन यादव डा. शरण लिम्बू लगायत सहभागी हुनु भएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ्ग जिल्ला शाखाध्यक्ष सुरेश प्रधानको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।