जनप्रतिनिधिलाई कार्य योजना निर्माणमा लैङ्गिक समानता सम्बन्धि तालिम


किरन धामी, दार्चुला।

दार्चुला जिल्लाको ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरुका लागी संचालन गरिएको ५ दिने प्राकृतिक श्रोत व्यवस्थापन कार्य योजना निर्माणमा लैङ्गिक समानता तथा सामाजिक समावेशीताको मुलप्रवाहीकरण तालिम आइतबारबाट सुरु भएको छ ।

“सशक्त हिमवन्ती, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र ग्रामीण महिलाको समुन्नती” भन्ने मुल नारा दिएर उनिहरुलाई तालिम दिइन लागेको हो ।

हिमवन्ती नेपालको आयोजना तथा कैलाश पवित्र भू‐परिधि संरक्षण तथा विकास पहल (ईसिमोड) कार्यक्रमको आर्थिक सहयोगमा तालिम संचालन गरिएको आयोजक संस्था हिमवन्ती नेपालका कार्यक्रम संयोजक सरिता लामाले जानकारी दिनुभयो ।

प्राकृतिक स्रोत व्यवस्थापनका लागी निर्माण हुने आवधिक योजनामा लैङ्गिक समावेशिताको मुल प्रवाहीकरणका लागी तालिमको आयोजना गरिएको उहाले जानकारी दिनुभयो ।

तालिम मार्फत जनप्रतिनिधिहरुलाई लैङ्गिक समावेशिता सम्बन्धि अभिमुखीकरण समेत गरिएको उहाले बताउनुभयो । ब्याँस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ६ वटै वडाका वडा अध्यक्ष, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका गेम स्काउट, अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद उपभोक्ता समितिका पदाधिकारी, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, दलित जनजाती गरी ३० जनाको सहभागी रहेको तालिमको सुदुरपश्चिम प्रदेशसभाका सांसद गेल्बु सिंह बोहराले गर्नु भएको थियो । तालिम गाउँपालिकाको केन्द्र सुन्सेरामा संचालन भैइरहेको छ ।

तालिमको सहजीकरण हिमवन्ती नेपालका कार्यक्रम संयोजक सरिता लामा, कैलाश पवित्र भू‐परिधि संरक्षण तथा विकास पहल कार्यक्रमका स्रोत शुसासन विश्लेषक डा. विनय पसखल, डा. कमला गुरुङ्ग र हिमवन्ती नेपालका सुवेश गुप्ताले गरिरहनु भएको छ । गाउँपालिकामा तालिम सम्पन्न भए पस्चात जिल्ला स्तरमा अभिमुखीकरण गरिने आयोजकले जनाएको छ ।