कर्मचारी संगठनद्धारा गरिएको दमौली स्वास्थ्य शिविरमा १ हजार १ सय जना लाभान्वित


विष्णु तिमिल्सिना, बर्दिया ।

कर्मचारी आदिकारिक टे«ड युनियन जिल्ला समिति बर्दियाको आयोजनामा एक दिवशीय स्वास्थ्य सेवा शिविर सम्पन्न भएको छ ।

बाँसगढी नगरपालिका वडा नं. ६ अन्तरगत रहेको दमौली स्थित जनप्रिय माध्यमिक विद्यालयमा निजामति कर्मचारी आदिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाको आयोजनामा एक दिवशीय स्वास्थ्य सेवा शिविरमा करिब १ हजार १ सय जना भन्दा बढी लाभान्वित भएको छन ।

उक्त शिविरमा कुल १ हजार ७८ जनाले मुल दर्ता गराएका थिए । जस मध्ये स्वास्थ्य सेवा प्राप्त गर्नेमा छाला तथा यौन रोग तर्फ १ सय ८६ जना, हाडजोर्नी तथा नसा तर्फ ४ सय ४६ जना, आँखा तर्फ २ सय ९० जना, दाँत तर्फ ५२ जना र सामान्य (विविध) उपचार तर्फ २ सय ७६ जना पुगेको कुरा सो युनियनका सचिव कृष्ण भट्टराईले जानकारी गराउनु भयो । साथै मुल दर्ता बाहेक मधुमेह रोगको परिक्षण गराउनेको संख्या १ सय ६१ जना रहेको बताउनु भयो ।

शिविर संचालनका लागि बाँसगढी नगरपालिकाले २ लाख रुपैयाँ बराबरको औषधि सहयोग उपलब्ध गराएको थियो । त्यसै गरी शिविर संचालन गर्न सहयोग तथा समन्वय गर्ने अन्य संस्थाहरुमा निजामति कर्मचारीहरुको आदिकारिक ट्रेड युनियन केन्द्रिय समिति, स्वास्थ्य कार्यालय बर्दिया, नगरस्वास्थ्य शाखा, बाँसगढी न.पा., नेपाल औषधि व्यवसायी संघ बाँके र बर्दिया, भिजन आँखा अस्पताल नेपालगंज बाँके र त्तगभकत फर्मास्याटीकल्स प्रा.लि रहेका छन, भने सहकार्य गर्नेमा निजामति कर्मचारी संगठन बर्दिया, नेपाल निजामति कर्मचारी युनियन संघ बर्दिया,नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) बर्दिया, राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुलरिया,बर्दिया, वडा नं. ६ वडाकार्यालय बाँसगढी बर्दिया, जनप्रिय माध्यमिक विद्यावलय बाँसगढी – ६, बर्दिया छन ।

शिविरमा स्वास्थ्य उपचारका लागि हाडजार्नी तथा नसा बिशेषज्ञ डा. प्रकाश बहादुर थापा, छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाइ, जनरल फिजीसियन रजनी के.सी. र स्मृति श्रेष्ठ, दन्तरोग बिशेषज्ञ देवराज न्यौपाने र भिजन आँखा अस्पताल नेपालगंजको स्वास्थ्य कर्मी टीमले सेवा प्रदान गर्नु भएको थियो । साथै ४६ जना स्वास्थ्यकर्मी र २६ जना स्वयमं सेवकहरुले पनि सेवामा सहयोग पुर्याएका थिए ।

कर्मचारी आदिकारिक ट्रेड युनियनका केन्द्रिय अध्यक्ष पुण्यप्रसाद ढकालले उद्घाटन गर्नु भएको थियो । जिल्ला अध्यक्ष यम बहादुर खत्रीको सभापतित्वमा भएको शिविर उद्घाटन समारोहमा बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, आदिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेल, सचिव अम्बादत्त भट्टराईले शुभकामना मनतव्य व्यक्त गर्नु भयो भने जिल्ला उपाध्यक्ष द्रोणराज शर्माले स्वागत मनतव्य राख्नु भएको थियो ।

“सुखी नेपाली समृद्ध नेपाल” भन्ने सरकारको नारालाई ध्यानमा राख्दै जनताहरु प्रति सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गर्न र कर्मचारी तथा जनता विचको सम्बन्धलाई सुदृढ गर्दै घरदैलोमा सेवा पु¥याउने वर्तमान संविधानको मर्मअनुरुप शिविर संचालन गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष यम बहादुर खत्रीले बताउनु भयो ।