बालक प्रान्जलले बनाए मोबाइल ल्यापटप


विष्णु तिमिल्सिना, बर्दिया ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ मा मोबाइललाई ल्यापटप बनाएर चलाउने प्रतिभावान बालक फेला परेका छन ।

श्री भगवती संस्कृत माध्यमिक विद्यालय तिलकाना कक्षा ८ मा अध्ययनरत प्रान्जल ज्ञवालीले अहिलेसम्म मोबाइल ल्यापटकका साथै कम्प्युटरको फुल मोडल, पैसा निकाल्ने ए.टी.एम बक्स, हाते माइक, फोटो खिच्ने क्यामरा स्टेन लगायत विभिन्न उपकरणहरु घरेलु सामग्रीहरुको प्रयोग गर्दै निर्माण गरेका छन ।

उनले यु टुयुब भिडियोमा अनलाइन सपिङ्ग च्यानलदेखि यस किसिमको ल्यापटप लगायत सामग्रीहरु बनाउन सकिने थाहा पाएपछि घरमा आफैले बनाउन चाहिने सामग्रीहरु जम्मा गरी तिनको प्रयोग गरेर मोबाइल ल्यापटप बनाउन सफल भएका हुन ।

उनका बाबु प्रदीप ज्ञवालीको भनाइ अनुसार उनले पढाइ लगायत अरु कार्य सकिसकेपछि परिवारका सदस्य सवै सुतिसकेको अवस्थामा यस्तो सिर्जनात्मक कार्य गर्ने गरेको बताउनु भयो ।

गत ५ महिना अगाडी मोबाइल ल्यापटप बनाएको कुरा प्रान्जल कै बाल समुहद्धारा संचालन गरिएको यु टुयुब च्यानल ppnepal मा राखिएपछि उनी चर्चामा आएका छन ।

सो च्यानलमा प्रान्जल कै स्थानीय १ सय १० जना साथीहरु रहेको च्यानलमा उनले बनाएका ४० वटा जति भिडियो हरु राखिएको कुरा प्रान्जलले जानकारी गराए ।

प्रान्जलका अनुसार उनीहरुले शनिबारको दिन समय मिलाई आफुकाहाँ साथीहरु भेला भई यस्ता सामाजिक विकृतिलाई हटाउने तथा सिर्जनात्मक कार्यको भिडियो बनाउने गरेको बताए ।