कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी


न्युज अफ नेपाल, कास्की ।

कास्की–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन् । उनले २४ हजार ३ सय ९४ मत ल्याएकी छिन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाए ।

समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरी तस्रो भए भने राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत प्राप्त गरेका छन ।

साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९ सय ४२ मत प्राप्त गरेकी छिन । उनी उपनिर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस परित्याग गरेर साझा पार्टी प्रवेश गरेकी थिइन ।