लागू औषध डाईजे ल्याब, नोफिनसहित एक जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरीले प्रतिबन्धित लागू औषध डाईजे ल्याब, नोफिनसहित एक जनालाई पक्राउ गरेको छ ।

लागू औषध एम्फेटामाईन(आईस) १ किलो २ सय २९ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेटसहित गोरखाका हाल जिल्ला काठमाण्डौ–६, रामनगर बस्ने ५६ वर्षीय ओडगेन लामा काठमाडौंको धुम्बराही स्थित सडक किनारबाट दिउँसो ३.३० बजे पक्राउ परेका हुन् ।

पक्राउ परेका ओडगेन लामा यस पूर्व पनि मिति २०६२सालमा पनि ५६ केजि ४०० ग्राम लागू औषध चरेस सहित पक्राउ परी २ बर्ष ६ महिना कैद भोगेका थिए । । उनी भारतमा बसी नेपालको पूर्वी सिमानाका हुँदै काठमाण्डौलाई केन्द्रीत गरी लागू औषध एम्फेटामाईन, कोकिन र यावा कारोवार गर्ने मुख्य व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनी विरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

MVI_1815