औद्योगिक पत्रकारिता पुरस्कारवाट केसी सम्मानित


यमलाल भुसाल, बुटवल ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँगको सहकार्यमा प्रदान गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार २०७५ बाट नरेश केसी पुरस्कृत हुनु भएका हो ।

उहाँलाई आइतबार उद्योग संघको स्थापना दिवसका अवसरमा प्रदेश पाँचका उद्योगमन्त्री लिला गिरीले पुरस्कार प्रदान गर्नु भएको हो । पुरस्कार प्रदान गर्दै उद्योगमन्त्री गिरीले उद्योगधन्दाको विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान पु¥याएकोमा धन्यवाद दिंदै थप सक्रियताका साथ कलम चलाउन आग्रह गर्नु भयो ।

केसी बिगत एक दशकदेखि भैरहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । उनी लुम्बिनीखवर अर्धसाप्ताहिकको सम्पादक, नेपाल समय अनलाईनको प्रदेश पाँच प्रमुखको रुपमा कार्यरत छन् । पुरस्कारको राशी नगद रु ३५ हजार ५ सय र कदरपत्र रहेको छ ।

पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पत्रकार महासंघसँग उद्योग संघले गरेको सहकार्यले निरन्तरता पाएकोमा आभार व्यक्त गर्दै उद्योग क्षेत्रको प्रवद्र्धन र विकासमा महासंघ सधै सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । पुरस्कृत भएपछि बोल्दै पत्रकार केसीले उद्योग क्षेत्रमा कलम चलाउन जिम्मेवारी थपिएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले गठन गरेको पुरस्कार मूल्याङकन समितिले गरेको छनोटको आधारमा उहाँलाई पुरस्कार प्रदान गरिएको हो । रुपन्देही उद्योग संघले नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा २०५७ सालमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

उद्योग संघको स्थापना दिवसका अवसरमा पाँचजना उद्योगीलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले सरकारले उद्योग व्यवसायिलाई साथमा लिएर हिड्नु पर्ने बताउनु भयो ।

उहाँले नेपाली पत्रकारिता जगतले उद्योगको बिकासमा पुराएको योगदान महत्त्वपूर्ण रहेको समेत बताउनु भयो ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष महेन्द्र नारयण श्रेस्ठ, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, प्रदेश सासद भोज प्रसाद श्रेस्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।

यसैगरि उद्योगमा काम गर्ने मजदुरका छोराछोरि मध्ये दिपक परियार र लिलबहादुर क्षेत्रिलाई १० हजार १ सय ५५ रुपैया बराबरको छात्रवृत्ति समेत प्रदान गरेको संघका अध्यक्षबोहराले बताउनु भयो ।

सोहि अवसरमा २४ बर्षसम्म कार्यलय सचिब रहेर सेवा गरेका टिकाराम शर्मा र क्यानका नव निर्बा्चित अध्यक्ष नवराज कुवरलाई पनि सम्मान गरिएको थियो ।