सहकारीलाई सुशासनको बाटोमा अगाडी बढाउदै उत्पादनका क्षेत्रमा लगानी बढाउन माग


यमलाल भुसाल, बुटवल ।

सहकारीहरुलाई सुशासनको बाटोमा अगाडी बढाउदै उत्पादन मुलक कार्यक्रममा सहभागी गराउन एक कार्यक्रकका वक्ताहरुले जोड दिएका छन ।

उनिहरुले सहकारीहरु नीति, विधि र प्रबिधिबाट संचालन हुनु पर्नेमा जोड दिदै सहकारीको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नु माग गरेका छन ।

प्रतिक बचत तथा ऋण सहकारी बुटवलको सातौं साधारण सभामा वोल्दै राष्ट्रिय सहकारी बैकका संचालक माधवलाल देवकोटाले सेयर सदस्यहरुको लगानी सुरक्षित गर्न र सहकारीलाई भविष्यमा आइपर्ने जोखीमबाट बचाउनका लागि राष्ट्रिय सहकारी बैंकसंगको आवद्धता अपरिहार्य रहेको बताउनु भयो ।

सहकारीका अध्यक्ष ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण भुसालको स्वागत र सचिव उमेश रेग्मीको संचालनमा भएको कार्यक्रममा सल्लाहकार कृष्ण न्यौपाने, भिमसेन गौतम, गणेश पाण्डे, बिष्णु गौतम लगायतले सहकारीको अनुगमन शेयर सदस्यले गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

सो अवसरमा गत बर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी मध्ये अनुराग पाण्डे र आस्मा रास्कोटीलाई नगद सहित सम्मान गरिएको थियोे । शेयर सदस्य मध्येबाट जेष्ठ सदस्यहरु ७४ बर्षीय मायादेवि पौडेल र ७१ बर्षे धनीराम पोखरेललाई कदर पत्रले सम्मान गरिएको थियो ।